ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

नेपालगाथा २०८१ जेठ २ गते बुधबार १०:४६:४५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटर प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएककाे हाे । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि राष्ट्रपतिप्रति संघीय संसदबाट धन्यवाद प्रस्ताव पारित नभएको विषयमा छलफल भएकाे बताएकाे छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरका थिए।  संसदको कार्यसूचीमा राष्ट्रपतिलाई धन्यावाद दिने कार्यक्रम थियो। तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राख्दै आएको प्रमुख प्रतिपक्षी कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेको थिएन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top