ट्रेण्डिङ

होमपेज / राजनीति

बागमती प्रदेशसभा बैठक बस्दै 

नेपालगाथा २०८१ जेठ १ गते मंगलबार १२:१४:०३ मा प्रकाशित

मकवानपुर । बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज बस्ने भएकाे छ । बैठक दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिवालय जनाएको छ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकतामा छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिएका छन् । 

सोमबारबाट सुरु भएको प्रदेश सभाको चौथो अधिवेशन बैठकमा दलगत रूपमा सांसदहरूले शुभकामना राखेका थिए भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो । संसदमा पेस भएको  अध्यादेश ६० दिन भित्र प्रतिस्थापन विधेयक सहित पारित गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top