होमपेज / राजनीति
जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । माओवादीका दुई मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएको हो ।
वन तथा वातावरण मन्त्री भरत प्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएका थिए ।
योसँगै मधेश प्रदेशको सरकार अल्पमतमा परेको छ । वैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिंदा ६१ मत पाएका थिए ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । मधेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका १/१ एक सांसद रहेका छन् ।
.jpg)