ट्रेण्डिङ

होमपेज / राजनीति

मधेश प्रदेश सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा

नेपालगाथा २०८१ बैशाख ३० गते आइतबार १७:५८:४४ मा प्रकाशित

जनकपुरधाम । मधेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आज एमालेका ६ मन्त्रीले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएका हुन् । 

 भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, शिक्षा तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्यमन्त्री शारदा थापाले राजीनामा दिएकी छन् ।

 भौतिक पूर्वाधार विकास मन्त्री यादवसहितका मन्त्रीहरू मधेश भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका छन् ।

यस्तै नेकपा एमालेले सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top