होमपेज / राजनीति
काठमाडौं । संघीय संसद्को बर्खे अधिवेशन आजदेखि शुरु हुँदैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउसाे २ बजे बस्ने भएकाे छ ।
यसअघि मध्याह्न १२ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। त्यो बैठकले प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची तय गर्नेछ।
संसद्को यो अधिववेशन पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अडानका कारण प्रभावित बन्ने देखिएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षीको माग र समिति आवश्यक नभएको सत्तापक्षको अडानका बीच आजदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुन लागेको हो।
संसद्को अघिल्लो अधिवेशनको अन्त्यतिर पनि नेपाली कांग्रेसले यही माग राख्दै सदनमा अवरोध गरेको थियो । शुक्रबार बिहान बस्ने संसदीय दलको बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने तय गर्ने कांग्रेसका सांसद श्यामकुमार घिमिरेले जानकारी दिए ।