ट्रेण्डिङ

होमपेज / राजनीति

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त आजै शपथ लिने तयारी

नेपालगाथा २०८१ बैशाख २७ गते बिहीबार १५:२६:१५ मा प्रकाशित

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन । उनलाई बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीलाई संविधानको १६८ (५) अन्तर्गत नियुक्त गरिएकाे हाे । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको समर्थन गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीलाई आजै शपथ गराउने तयारी गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top