होमपेज / राजनीति
धनगढी । नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले उनलाई शपथ ग्रहण गराएका हुन् । भण्डारी उपनिर्वाचनमा बझाङ- १ बाट निर्वाचित भएका थिए ।
१५ वैशाखका भएको उपनिर्वाचनमा नेकपा एमालेका भण्डारीले ११ हजार ६ सय १२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
२०७९ को निर्वाचनमा बझाङ- १ बाट निर्वाचित भएका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।