ट्रेण्डिङ

होमपेज / राजनीति

कोशी प्रदेशमा आज नयाँ सरकार गठन हुने, एमालेका कार्की मुख्यमन्त्री बन्ने

नेपालगाथा २०८१ बैशाख २७ गते बिहीबार १०:५४:१८ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । नेकपा एमालेको नेतृत्वमा आज नयाँ सरकार गठन हुने भएको हाे ।

नेकपा माओवादी केन्द्रसहित प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिएका छन् । 

एमालेका ४० र माओवादी केन्द्रका १३ सांसदको हस्ताक्षरसहित एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बिहान ११ बजे दाबी पेश गरिने राना मगरले जानकारी दिएका छन् ।

९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन रहेकाे छ ।

आज मुख्यमन्त्री बाहेक एमाले र माओवादीका १/१ जना मन्त्रीले पनि शपथ ग्रहण गर्ने रानाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top