ट्रेण्डिङ

होमपेज / राजनीति

कोशी प्रदेशकाे बजेट अधिवेशनको स्मरण पत्र लिएर प्रदेश प्रमुखकहाँ पुगे मन्त्री

नेपालगाथा २०८१ बैशाख २६ गते बुधबार १५:५०:२६ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारले बजेट अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई पुन: स्मरणपत्र बुझाएको छ ।

गठबन्धनका प्रमुख दल एमाले र माओवादीका नेताले नयाँ सरकार गठनको आव्हानको माग लिएर भेटे लगत्तै मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयमा पुगेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पेश गरिएको पत्रमा जेठ ११ गते प्रदेशसभाको पाँचौ अधिवेशन आव्हान गर्दा २०८० चैत २६ को मन्त्रिपरिषद् बैठकले निर्णय गरी यसअघि नै सिफारिस गरेको स्मरण गरिएको छ ।

 सरकारले यसअघि बजेट अधिवेशन आव्हानको सिफारिस गरेकोमा एमाले र माओवादीका ५२ जना सांसदले वैशाख विशेष अधिवेशन बोलाउन गरेको माग अनुसार प्रदेश प्रमुखले वैशाख ६ मा विशेष अधिवेशन आव्हान गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top