होमपेज / राजनीति
कपिलवस्तु । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने बताउनु भएकाे छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पतालको बुधबार उद्घाटन गर्दै ओलीले सबैभन्दा पहिला सडकसञ्जाल निर्माणमा जोडदिनुपर्ने बताउनुभयो । आज अस्पताल उद्घाटन भयो यदि यहाँ सडक नभएमा नागरिक कसरी आउँथे ? ओलीले प्रश्न गर्दै भन्नुभयो सडक भएकाले यहाँ बनेको यो अस्पतालबाट जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउनेछन् । तराई मधेशमा पूर्वपश्चिम राजमार्गले नछोएका स्थानमा यातायातका समस्या समाधान गर्ने उद्देश्यले हुलाकी मार्गको सुरुआत गरिएको बताउनुभयो ।
ओलीले देशभरका तीन सय ९६ वटा अस्पताल एकै पटक शिलान्यास गरेको र त्यसमध्येका एउटा अस्पतालको आज उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको बताउनु भएकाे थियाे ।