होमपेज / राजनीति
काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।
नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हालमा शपथ ग्रहण गने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
१५ वैशाखमा सम्पन्न भएको उपनिर्वाचनमा सुहाङ २७ हजार ७ सय ७२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
नेम्वाङ नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।