होमपेज / राजनीति
काठमाडौं । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा निष्कर्षविहीन सकिएकाे छ ।
कांग्रेसले सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने हामीले संसदीय छानबिन समितिको कुरा राखेका छौं । सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ । राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय छानविन समिति बनाउन नहुने पक्षमा छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित दोस्रो तहका नेताहरू सहभागी थिए ।