ट्रेण्डिङ

होमपेज / राजनीति

महादेववेसीमा स्वास्थ्य शिविर सम्पन्न, सयौं बिरामीको उपचार

नेपालगाथा २०८१ बैशाख २५ गते मंगलबार १३:४८:३८ मा प्रकाशित

काठमाडौं । महादेववेसीमा स्वास्थ्य शिविर सम्पन्न सम्पन्न भएको छ । बाल विकास कार्यक्रम नेपाल CDPN को आयोजनामा सम्पन्न भएको शिविरमा थाक्रे गाउँपालिका,फ्रन्ट लाईन हस्पीटलको ,तिलगंगा अस्पताल सहयोग रहेको थियो । 

शिविरबाट ६६९ जना लाभान्वित भएको फ्रन्टलाईन हस्पिटलकाे अस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली र पब्लिव रिलेसन डिपार्टमेन्टका प्रमुख रवि खड्काले जानकारी दिनु भएको छ ।

उक्त शिविरमा १ सय ८३ जनाको आँखाको परिक्षण,९९ जनाको जनरल फिजिसेन् सेवा लिएका छन्, । शिविरमा ५२ जनाको दन्त परिक्षण, नाक कान तथा घाँटी ७८ जना, बाल रोग ४६ जना र १०१,हड्डी तथा नसा, ११० महिला सम्बन्धी रोगको परीक्षण  भिडियो  एक्सरे भएको फ्रन्टलाईनका नेपाली र खड्काको भनाई छ । 

शिविरमा निशुल्क औषधी वितरण गरीएको थियो । आँखाको परिक्षण गराएका मध्ये ३३ जनाको आँखाको अप्रेशन गर्नुपर्ने देखिएको छ । आँखाको अप्रेशन गर्नुपर्नेको लागि निशुुल्क गरिने आयोजकले बताएको छ ।

 उपचारका लागि  थाक्रे गाउँपालिका ,गल्छी गाउँपालिका वडा नम्बर ५ र ७ मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७,८ का नागरिकहरुको उपस्तिथि रहेको cdpn प्रमुख राम कुमार आचार्यले जानकारी दिनुभयो । शिविरमा थाक्रेका अध्यक्ष रामकुमार आचार्य , थाक्रे वडा नम्बर  ६ का वडा अध्यक्ष हिरा बहादुर थापा राजेन्द्र बाल बिकास कार्यक्रम नेपालका अध्यक्ष बालकृष्ण भट्टराई, फ्रन्ट लाईनका अस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली  र रबि खड्का रहेको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top