ट्रेण्डिङ

होमपेज / राजनीति

संसदकाे अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको छलफल सुरु

नेपालगाथा २०८१ बैशाख २५ गते मंगलबार १३:२३:१६ मा प्रकाशित

काठमाडौं । संसदकाे अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको छलफल सुरु भएको छ । बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत नेता सहभागी भएका छन् ।

सहकारी प्रकरणमा रास्वपा सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । 

आगामी अधिवेशनमा संसद बैठक विना अवरोध सञ्चालन गर्ने उद्देश्यले सभामुखले दलहरुबीच बैठक राखेका हुन् ।

प्रतिनिधिसभाको वर्षे अधिवेशन २८ वैशाखमा सुरु हुँदैछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top