ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकीका सभामुख विरुद्ध कांग्रेस अदालत जाने तयारीमा

नेपालगाथा २०८१ बैशाख २४ गते सोमबार ११:१३:०७ मा प्रकाशित

काठमाडौँ । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालविरुद्ध कांग्रेस अदालत जाने तयारी गरेकाे छ । आइतबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले लिएको विश्वासको मतका विषयमा  निर्णयलाई लिएर नेपाली कांग्रेसले कानूनी उपचार खोज्न अदालत जान लागेकाे हाे ।

आइतबार मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा  प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत मत प्राप्त गर्नुपर्नेमा प्रक्रिया पूरा नगरी सभामुख धितालले असंवैधानिक कदम चालेको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए छन् ।

गण्डकी प्रदेश सभामा तत्काल कायम रहेका ६० सदस्य मध्ये विश्वासको मत पाउनको लागि ३१ जना सदस्यको समर्थन आवश्यक हुनुपर्नेमा त्यसो नभई बहुमत सदस्यको विश्वासको मत प्राप्त नगरेको अवस्थामा नै मुख्यमन्त्री  अधिकारीले विश्वासको मत प्राप्त गरेको भनी सभामुखले गरेको घोषणा असंवैधानिक रहेकाले त्यसमा गम्भीर असहमति रहेको नेपाली कांग्रेसको संसदीय दलले बताएको छ ।

सभामुखको निर्णयमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै काँग्रेस संसदीय दलले असंवैधानिक निर्णयलाई पूर्ण रूपमा अस्वीकार गर्दै कानुनी उपचारको प्रक्रियामा जाने बताएको छ ।

विश्वासको मत मागेका मुख्यमन्त्री अधिकारीको पक्षमा ३० मत खसेका थिए । अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ७ र राजीव गुरुङले मत दिँदा नेपाली काँग्रेसका २७ मत विपक्षमा र राप्रपाका दुई मत तटस्थ बसेका थिए।

कुल ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्नका लागि ३१ जना सांसदको समर्थन चाहिने अभ्यास यसअघि चल्दै आएको भए पनि पहिलो पटक ३१ सांसद नै पक्षमा नभएको अवस्थामा सभामुखले विश्वासको मत पाएको घोषणा गर्नु गलत भएको कांग्रेसको ठहर छ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top