होमपेज / राजनीति
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिनु हुनेछ । विश्वासको मतका लागि आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयाे ।
अधिकारी गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । उहाँ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकाे हाे ।
अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँले एक दिन अघि नै विश्वासको मत लिन लाग्नु भएकाे हाे ।
अधिकारी नेकपा एमाले २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ दीपक मनाङे समेत गरी ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।