ट्रेण्डिङ

होमपेज / राजनीति

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने 

नेपालगाथा २०८१ बैशाख २१ गते शुक्रबार १०:४८:१० मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन् ।  मुख्यमन्त्रीले विश्वासको मत लिन आज दिउसाे ५ बजे प्रदेशसभाको बैठक बोलाइएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जानकारी दिएकाे छ ।

मुख्यमन्त्री सोडारीले वैशाख ६ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षका सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तर एमालेले आज विश्वासको मत नदिने तयारी गरेपछि आज प्रदेश सभा बैठक नै नबस्न सक्ने बताइएको छ । यसै बिच नागरिक उन्मुक्ति पार्टी रेशम पक्षले आज सोडारीलाई बिश्वासको मत नदिन ह्विप जारी गरेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ माओवादी केन्द्रका सभामुखसहित ११ एमालेका ११  नाउपाका ७ एकीकृत समाजवादीका ४  राप्रपाका र स्वतन्त्र १/१ सदस्य छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top