ट्रेण्डिङ

होमपेज / राजनीति

आयोगले राष्ट्रपतिलाई उपनिर्वाचनको प्रतिवेदन बुझायो

नेपालगाथा २०८१ बैशाख २० गते बिहीबार १४:४८:०० मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिलाई उपनिर्वाचनको प्रतिवेदन बुझाएकाे छ । आयोगले वैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको हाे ।​

बिहिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्वाचनकाे परिणामसहितको प्रतिवेदन राष्ट्रपति रापौडेललाई बुझाएका हुन् ।

निर्वचन ऐन २०७४ को दफा ६२ मा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

वैशाख १५ गते इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभाको उपचुनाव भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top