होमपेज / राजनीति
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई पत्र लेखेका छन् । प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट पारित भएको संकल्प प्रस्ताव गैरसंवैधानिक भएको बताएका छन् ।
संविधानको कार्यान्वयन गर्न प्रदशे प्रमुख जस्तो संवैधानिक रुपमा रहेको प्रदेश प्रमुखले अझ गम्भीर भई संविधानको मर्म एवं भावनाको संरक्षण गर्न क्रियाशील हुनुपर्ने अवस्था रहेको व्यहोरा नेपालको संविधानको धारा १७३ बमोजिम जानकारी गराउँदछु । उनले भनेका छन्
कार्की २०८० असोज २७ मा मुख्यमन्त्री बनेका थिए । पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले २६ चैतमा मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना दिएका थिए ।
प्रदेश सभाको विशेष अधिवेशनमार्फत २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका छन् ।
मुख्यमन्त्री कार्की भने विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानमा छन् ।
.jpg)
.jpg)
.jpg)