ट्रेण्डिङ

होमपेज / राजनीति

इलाम- २ मा एमालेका उम्मेदवार सुहाङ विजयी

नेपालगाथा २०८१ बैशाख १८ गते मंगलबार ११:००:०१ मा प्रकाशित

इलाम । इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले विजयी भएका छन् । सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । 

आज बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन्।

नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

 यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे भने रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरे ।

कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम-२ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४ सय ७२ मत सदर र  ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top