ट्रेण्डिङ

होमपेज / राजनीति

बझाङ प्रदेशसभा १ मा ८ जना उम्मेदवारको धरौटी जफत

नेपालगाथा २०८१ बैशाख १७ गते सोमबार १५:१६:२८ मा प्रकाशित

काठमाडौँ । बझाङमा सम्पन्न प्रदेशसभा सदस्य उपनिर्वाचनमा ८ जना उम्मेदवारको धरौटी जफत भएको छ । सोमबार दिउँसो सम्पन्न अन्तिम मतपरिणाम अनुसार कूल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेकाहरूको धरौटी जफत भएको हो ।

निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको धरौटी जफत भएको हो । 

जसमा राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, गजेन्द्र बहादुर थापा, दीपकबहादुर खड्का,  सुशीला देवी विष्ट, खगेन्द्रबहादुर शाही, कमल घर्तीमगरकाे धरौटी जफत भएकाे छ ।

बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा ११ जनाले चुनाव लडेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top