ट्रेण्डिङ

होमपेज / राजनीति

बझाङ-१ बाट प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

नेपालगाथा २०८१ बैशाख १७ गते सोमबार १४:०५:४२ मा प्रकाशित

धनगढी । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनले ११ हजार ६ सय १३ मत ल्याएर निर्वाचित भएका हुन् ।

भण्डारीले ११ हजार ६ सय १२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत ल्याए । 

उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८ सय ३१ मत ल्यएका छन् ।  एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्यएका छन् ।

बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा  ११ जनाले चुनाव लडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top