होमपेज / राजनीति
काठमाडौं । इलाम-२ काे उप निर्वाचनकाे मत गणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।
नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ३ हजार ३ सय ५७ मतले पछाडि पारेका छन् ।
एमालेका नेम्वाङले १० हजार ४ सय १९ मत ल्याउदा कांग्रेसका खड्काले ७ हजार ६२ मत ल्याएका छन् ।
स्वतन्त्रका डेकेन्द्रसिंह थेगिमले ५ हजार ७ सय ६३ र रास्वपाका मिलन लिम्बुले १ हजार ४ सय ६१ मत ल्याएका छन् ।