होमपेज / राजनीति
काठमाडौँ । बझाङमा एमालेका उम्मेदवार अग्रता लिएका छन् । एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ९ हजार ८ सय ८० मत पाएका छन् । भण्डारी र सिंहको मतान्तर ८ रहेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६ सय ६३ मत मत पाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४०५ मत पाएका छन् । हाल मत गणना जारी छ ।
सोमबार बिहानदेखि कांग्रेसले अग्रता लिएको थियो । तर अहिले फेरि एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।