होमपेज / राजनीति
बझाङ । बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एमालेले अग्रता लिएको छ ।
छविसपाथिभेरा गाउँपालिका २ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणना हुँदा एमालेका दमनबहादुर भण्डारीले १ सय ५७ मत पाए छन् ।
नेपाली कांग्रेसका अभिषेक सिंहले १ सय ३२ मत ल्याएका छन् ।
तेस्रो मत नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ल्याएका छन् । सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।
राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् ।