ट्रेण्डिङ

होमपेज / राजनीति

इलाम-२ काे मतगणना आज बिहान ११ बजे‍ शुरु हुने

नेपालगाथा २०८१ बैशाख १६ गते आइतबार १०:३९:५१ मा प्रकाशित

इलाम । इलाम-२ मा मतगणना आज बिहान ११ बजे शुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजे मतगणना थाल्ने निर्णय गरेको हो । 

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुने छ । त्यसपछि  चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको मतगणना हुनेछ ।

१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४ सय २१ मतदाताले मतदान गरेको  मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top