ट्रेण्डिङ

होमपेज / राजनीति

इलाम-२ का चार उम्मेदवारले गरे मतदान शान्तिपूर्ण रूपमा मतदान हुँदै

नेपालगाथा २०८१ बैशाख १५ गते शनिबार १०:५७:४९ मा प्रकाशित

इलाम।  इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहभागी मुख्य चार उम्मेदवारले दलका उम्मेदवारले मतदान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्र, मतदान गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले माङसेबुङ गाउँपालिका–२ स्थित जनताकल्याण आधारभूत विद्यलाय र पहिचानवादीका साझा एवं स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।

एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साजनक रुपमा मतदान भइरहेको निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top