ट्रेण्डिङ

होमपेज / राजनीति

हामी विभाजनको बाटोबाट माथि उठेका छौं - केपी शर्मा ओली

नेपालगाथा २०८१ बैशाख १० गते सोमबार १६:०८:५७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले हामी विभाजनको बाटोबाट माथि उठेकाे बताएका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै अहिले नै एकीकरण गरेर सबै देशभरीका कम्युनिष्टहरु मिल्ने सम्भावना नरहेका बताए ।

उनले भने प्रचण्डजीले भनेजस्तै हामी पार्टी एकीकरणको गरिहालौं, पार्टी एकता भइहाल्छ भन्ने कुरा त्यो व्यक्तिगत आकांक्षा मात्रै हुनसक्छ । त्यसैले अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौं । त्यसपछि मात्रै एकताको बिन्दुमा पुग्न सक्छौं । तर, अहिले नै एकीकरण गरौं सबै देशभरीका मिलौं भन्ने हो भने फुटेका किन थियौं ? के भएर फुटेका थियौं भन्ने प्रश्न उठ्छ । उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top