ट्रेण्डिङ

होमपेज / राजनीति

हतारमा हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ  - प्रधानमन्त्री प्रचण्ड

नेपालगाथा २०८१ बैशाख १० गते सोमबार १५:३६:३७ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा नभएकाे बताएका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जाँदा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताएका हुन् ।

त्यति बेला समयभन्दा गाडी दौडिएको जस्तो लाग्छ । अहिले सहकार्य सुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊँ । सहकार्य गर्दै जाँदा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ । उनले भने

प्रतिक्रिया

सम्बन्धित खवर

Top