ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले अध्यक्ष ओली अस्वस्थ निवासमै आराम गर्दै

नेपालगाथा २०८१ बैशाख ९ गते आइतबार १५:३९:०७ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओलीलाई रूखाखोकी लागेको र संक्रमणको जोखिमले निवासमै आराम गरिरहेका उनको सचिवालयले जानकारी दिएको छ ।

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ भएका हुन् ।

अध्यक्ष ओली अस्वस्थ भएपछि जारी महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका बताएकाे छ । प्रतिनिधि परिषद्को आजको बैठकमा शनिबार पेस भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top