ट्रेण्डिङ

होमपेज / राजनीति

नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक बनाउने काम भइरहेको छ - प्रधानमन्त्री

नेपालगाथा २०८१ बैशाख ९ गते आइतबार १४:३९:५२ मा प्रकाशित

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक बनाउने काम भइरहेको बताएका छन् । आज धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको जानकारी दिए ।

उनले वर्तमान सत्तासमीकरण वामपन्थीको मात्र नभएको र वर्तमान सत्ता समीकरण पूरा अवधि जाने र राजनीतिक रुपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या नभएकाे जानकारी दिए ।

प्रधानमन्त्री  ‘प्रचण्ड’ले पहिलोपटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै प्रधानमन्त्रीले यो ऐतिहासिक अवसर भएको बताए। साथै यही वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top