ट्रेण्डिङ

होमपेज / राजनीति

पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जसपाले फिर्ता बोलायो मन्त्री

नेपालगाथा २०८१ बैशाख ९ गते आइतबार १४:०३:१३ मा प्रकाशित

रूपन्देही । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ । 

सरकार गठनका बेला भएको सहमतिअनुसार दुई मन्त्रालय भनेकाे र अहिले एउटामात्र मन्त्रालय दिएपछि सरकारबाट मन्त्री फिर्ता बोलाइएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए ।

मुख्यमन्त्री र गठबन्धनका दलहरूले सहमति उल्लंघन गरेर गठबन्धनको मूल्य मान्यता र मर्मविपरीत गएकाले नैतिकता सिकाउन आफूहरू सरकार बाहिर रहेर पनि समर्थन गर्ने अहिरले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top