ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेशमा एमालेले टुङ्ग्यायो पाँच मन्त्रीकाे नाम आजै शपथ लिने

नेपालगाथा २०८१ बैशाख ६ गते बिहीबार ११:३९:२३ मा प्रकाशित

दाङ । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।  एमालेले रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्न खत्रीलाई सरकारमा पठाउने निर्णय गरेको संसदीय दलका नेता लीला गिरी जानकारी  दिएका छन् ।

एमालेले यसअघि नै संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्  भने ढकाललाई शहरी विकास, पन्थीलाई गृह,खत्रीलाई सामाजिक विकास र केसीले बन मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

अरु दलबाट पनि मन्त्री हुनेको टुंगो लागेपछि आज साँझ ५ बजे सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको  सरकारका प्रवक्ता दीपेन्द्र पुनले  जानकारी  दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top