होमपेज / राजनीति
काठमाडौैं । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएकाे छ । केन्द्रको सरकार जोगाउन भएपनि सुदूरपश्चिम सरकारको नेतृत्व नेकपा एसलाई दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमतिमा आएका हुन् ।
अहिले एकीकृत समाजवादी मधेश प्रदेश र बागमती प्रदेशमा निर्णायक अवस्थामा रहेको देखिन्छ । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुश्किलले विश्वासको मत पुर्याएका थिए । एकीकृत समाजवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिए सरकार ढल्ने अवस्था रहन्छ ।
सुदूरपश्चिमको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिन नागरिक उन्मुक्ति पार्टी पनि तयार भएको छ । सोहीअनुसार कांग्रेस सहितको नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएको छ ।
नाउपाका सांसदहरूले दाबी छोड्न तयार भएपछि सत्ता गठबन्धनले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ।
केन्द्रमा एकीकृत समाजवादीका १० सांसद रहेका छन्। एकीकृत समाजवादीले साथ छाड्दा गठबन्धन कमजोर बन्ने देखिन्छ ।
।