ट्रेण्डिङ

होमपेज / राजनीति

मधेश प्रदेशकाका मुख्यमन्त्री यादवले  विश्वासको मत लिँदै

नेपालगाथा २०८१ बैशाख ४ गते मंगलबार १२:३८:२१ मा प्रकाशित

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले चौथोपटक आज विश्वासको मत लिने लागेका हुन् ।  विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल र मतदानका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बाेलाइको छ ।

 

यादवले यसअघि तीनपटक विश्वासको मत लिइसकेका छन् । मुख्यमन्त्री नियुक्त हुँदा पहिलो पटक, एमाले सरकार छाड्दा दोस्रो पटक र जनमत पार्टी सरकारबाट बाहिरिदा तेस्रो पटक विश्वासको मत लिएका थिए ।

प्रदेश सभामा हाल एमालेका २५ , जसपाका १९, लोसपाका ९, माओवादीका ९ र नेकपा एसका ७ सांसद रहेका छन् ।  कांग्रेसका २२, जनमत पार्टीका १३ तथा नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका एक एक सांसद रहेका छन् ।मधेश प्रदेशसभामा कुल १०७ सांसद रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top