ट्रेण्डिङ

होमपेज / राजनीति

काठमाडाै‌‌‌मा मुख्यमन्त्री कँडेल भेटघाटमा ब्यस्त

नेपालगाथा २०८१ बैशाख ३ गते सोमबार १७:४६:३४ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल काठमाडाै‌ंमा भेटघाटमा ब्यस्त रहेका छन् । मुख्यमन्त्री कँडेलले साेमबार मात्र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग  सिंहदरबारमा भेट गरेका हुन् । 

मुख्यमन्त्री कँडेलले प्रदेश सरकार विस्तार र आगामी बजेटमा कर्णालीलाई समेट्नु पर्ने विषयका बारेमा छलफल तथा भेटघाट गरेका हुन् ।

मुख्यमन्त्री कँडेलले साेमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका छन् । कँडेलले एमाले अध्यक्ष ओलीसँग उनकै निवास बालकोटमा भेट गरेका हुन् । भेटमा ओलीले कर्णालीले आगामी दिनमा गर्नुपर्ने कामका विषयमा महत्वपूर्ण मार्ग निर्देशन दिएको कँडेलले जानकारी दिए ।

कर्णाली प्रदेशकाे सरकार विस्तार गर्न कठिन भएको बेला कँडेलले प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेकाे भेटघाटलाई महत्वकाे साथ हेरिएकाे हाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top