ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमाले जनवर्गीय संगठन समन्वय संयन्त्रकाे बैठक सम्पन्न

नेपालगाथा २०८१ बैशाख ३ गते सोमबार १५:१४:०७ मा प्रकाशित

सर्खेत । नेकपा एमाले सुर्खेतको जनवर्गीय संगठन समन्वय संयन्त्रको पहिलो बैठक साेमबार वीरेन्द्ररनगरमा सम्पन्न भएको छ । 

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका उपसचिव तथा जनवर्गीय संगठनका प्रमुख सुशीला विश्वकर्माको अध्यक्षता र नेकपा एमाले कर्णाली प्रदेश सचिब ध्रुबकुमार शाहीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकलाई सम्वाेधन गर्दै प्रमुख अतिथि शाहीले जनवर्गीय संगठन बलियाे भएमात्र पार्टी बलियाे हुने बताउनुभयाे । यसैगरी नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकाेटाले सबै जनवर्गीय संगठनहरुकाे माेर्चा बलियाे र चलायमान बनाउनका लागि समय समयमा प्रशिक्षणकाे आवश्यकता रहेकाे बताउनुभयाे ।

बैठकमा अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन, प्रेस चौतारी नेपाल, राष्ट्रिय जनसाँस्कृतिक महासंघ र नेपाल बुद्धिजिवी परिषद्लगायतका विभिन्न जनवर्गीय संगठनकाे उपस्थिति रहेको थियो । विभिन्न जनवर्गीय संगठनहरुले आफ्नाे स‌ंगठनकाे प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकले आगामी दिनमा जनवर्गीय संगठनकाे भूमिकालाई थप प्रभावकारी बनाउनका लागि कार्ययाेजना निर्माण गर्नुका साथै पालिकास्तरसम्म स‌ंगठन विस्तार र प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सञ्चालन गर्ने निर्णय गरेकाे छ । 

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले सञ्चालन गर्नुभएकाे कार्यक्रममा उपाअध्यक्ष मोहनसिह बडुवाल, निवर्तमान उपसचिव घनश्यम पाण्डे लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top