ट्रेण्डिङ

होमपेज / राजनीति

देश एमालेकाे बाटोमा हिडेको छ - स्थायी कमिटी सदस्य बोगटी

नेपालगाथा २०८० चैत्र २९ गते बिहीबार १७:०७:०६ मा प्रकाशित

सिमकोट । नेकपा (एमाले) ले समृद्धिका लागि अघि सारेको मार्गमा अहिले नेपाल हिडेको स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले बताउनुभयो । नेकपा (एमाले) हुम्लाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै सुर्खेत जिल्ला इन्चार्ज समेत रहनु भएका बोगटीले यस्तो बताउनु भएको हो ।

देशको सत्ता गठबन्धन मात्र फेकिएको होइन, देशको समृद्धिको रेखा कोर्ने बामपन्थीहरुको बाहुल्यता रहेका शक्तिहरु सरकारमा सहभागी रहेका कारण वर्तमान सत्ता गठबन्धनका कुपमा समेत अघि बढेको हो ‘ उहॅाले भन्नुभयो । ‘जनताको हितमा लाग्ने, देशको विकासको भरपर्दो नीति र योजना भएको पार्टीको नाम नेकपा (एमाले) हो’ उहॅाले थप्नुभयो, ‘राम्रो काम गरेको डाहाले सर्वच्चको ढोकामा बसेर मतले स्थापित एमाले नेचृत्वको सरकारलाई परमाधेशले बिस्थापित गर्ने काम गरेको उल्लेख गरेका नेता बोगटीले फेरि २०७९ मंसिर ४ को निर्वाचनमा सबै एक ठाउॅमा उभिंदा पनि एमाले बलियो शक्तिका रुपमा स्थापित भएको छ ।

जिल्लाबाट बहुदल आएपछि प्रतिनिधि सभा र प्रदेश सभामा एक-एक पटक मात्रै बिजयी हॅासिल गरेको छ तरपनि जिल्लाको विकास र समृद्दीका लागि कहिल्यैपनि पछि नरहेको स्थायी कमिटी सदस्य बोगटीले बताउनुभयो । पार्टीको आन्तरिक जीवनलाई फर्केर हेर्दा केहि कमजोरीका कारण थोरै सिटले एमाले दोस्रो दल बनेको उल्लेख गर्दे उहॅाले अन्य पार्टीका तुलनमा सांकठनिक रुपमा एमाले अब्बल थियो तर केहि आन्तरिक यमस्याका कारण नेता र कमिटीहरु चलायमान हुन नसकेकै कारण अवधी भएरै पनि अर्ली अधिवेशनमा एमाले गएको बताउनुभयो ।

नेकपा (एमाले) का जिल्ला ईन्चार्ज ज्ञनेन्द्र शाही नेशनलले एमाले आमा र वुवाको प्यारो पार्टी भएपनि छोराछोरीहरुका कारण पहिलो पार्टी बन्न नसकेको दावी गर्नुभयो । ‘हुम्लाबाट पटक-पटक निर्वाचित भएका सांसदहरुको जीवनशैली अनपेक्षित रुपमा परिवर्तन भयो तर हुम्लीहरुको अवस्था जहॅाको तहिं छ’ उहॅाले थप्नुभयो हुम्लाको समृद्दी र सर्वोपरी विकासको नेतृत्व एमाले वाहेक अन्य पार्टीको विकल्प हुनसक्दैन ।’

हुम्लामा साना साना कम्यूनिस्ट पार्टीका पसल थापेर साम्यवाद नआउने भएकाले मुलधारको कम्यूनिस्ट पार्टीमा आउन आग्रह एमाले केन्द्रीय सदस्य शाहीले गरे । उद्घाटन शत्रलाई संवोधन गर्दैं कर्णाली प्रदेश कमिटी सदस्य नवराज महतराले जिल्लाका सातवटै स्थानीय तहमा प्रतिपक्ष भएकै कारण विकासमा व्यथिति बढ्दै गएकाले आसन्न २०९४ को निर्वाचनमा चीनै तहका सरकारमा एकल बहुमतको विकल्प नभएको उल्लेख गर्नुभयो ।

हुम्लाको विकास खर्च ८ लाख बढि भएपनि वास्तविक विकास नहुनुको एकमात्रै कारण एमाले नेतृत्वकाे सरकार नहुनु हो’ उहॅाले थप्नुभयो हुम्लामा आउने बजेट अनुशारको परिणाममुखि विकास गर्नका लागि एमालेको विकल्प छैन् ।’ उद्घाटन शत्रमा प्रदेश कमी सदस्य रुपा शाही, मंगल लामा, जनवर्गीय संगठनकातर्फबाट अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष मन्जु रावल लगायतका नेताहरुले संबाेधन गर्नु भएको छ । नयॅा नेतृत्व छनोट गर्न जिल्लाका ४४ वटै वडाबाट २८९ अधिवेशन प्रतिनिधि जिल्ला सदरमुकाम सिमकोटमा जम्मा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top