होमपेज / राजनीति
ओखलढुंगा । नेकपा एमालेको जिल्ला अधिवेशनमा पार्टी नेतृत्वले विधि र प्रक्रिया मिचेर मनपरी गरेको भन्दै एमाले ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टीबाट राजिनामा दिएका छन् । जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमालेबाट राजिनामा गरेका हुन् ।
उनले पार्टीबाट राजीनामा दिँदै उनले भने दसौं जिल्ला अधिबेशनमा जे जस्ता रबैया र गतिबिधिहरु देखियो । जुन खालकाअरोप-प्रत्यारोपको होडबाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो। मैले मेरो ३४ बर्षको राजनैतिक जिवनमा यस्तो विधि र पद्धति बिहिनता अनुभुती गरेको थिइन । अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनैतिककर्मिको भविस्य बन्छ ,न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ। यहि कुरालाई महसुस गरि मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज क.खगेन्द्र राईमार्फत मिति २०८०/१२/२७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजीनामा पढाइ सकेको छु । आजवाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु।’
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेको दसौँ एमाले जिल्ला अधिवेशनमा जीबी खड्काले निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए । खड्कालाई प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ लगायतको साथ थियो भने राईलाई केन्द्रीय सदस्य यज्ञराज सुनुवारको साथ थियो । कटवाल सुनुवार पक्षधर हुन् ।