ट्रेण्डिङ

होमपेज / राजनीति

बझाङमा माओवादीले एमाले उम्मेदवारलाई सघाउने

नेपालगाथा २०८० चैत्र २७ गते मंगलबार ११:५९:४० मा प्रकाशित

बझाङ । बझाङकाे  उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको छ । आगामी १५ वैशाखमा बझाङको प्रदेशसभा– १ मा उपचुनावमा नेकपा माओवादी केन्द्रले दिएकाे उम्मेदवारी फिर्ता लिएर नेकपा एमालेका उम्मेदवारलाई सघाउने निर्णय लिएको छ ।

यस बारेमा बझाङमा नेकपा माओवादीको बैठक बसिरहेको र केही समयमा निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिएका छन् ।

चौधरीका अनुसार आगामी उपचुनावका लागि माओवादीले बझाङमा जनक बुढाले दिएको उम्मेदवारी फिर्ता गराइ एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सघाउने औपचारिक निर्णय लिने भएकाे छ । उम्मेदवारी फिर्ता लिनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बझाङ पार्टीलाई निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top