ट्रेण्डिङ

होमपेज / राजनीति

इलाम-२ मा सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता

नेपालगाथा २०८० चैत्र २४ गते शनिबार १५:०२:५८ मा प्रकाशित

काठमाडौं। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट इलाम-२ मा सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन्।  सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन्। सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ।

अहिलेसम्म इलाम २ मा जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगमले उम्मेदवारी दर्ता गराएका छन्।

इलाम-२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top