ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका कँडेलले दाबी पेस गर्ने

नेपालगाथा २०८० चैत्र २२ गते बिहीबार १३:२३:०९ मा प्रकाशित

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् ।

 मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई दिएको लिखित राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि उहाँले दाबी पेसका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको आह्वानअनुसार आज नेता कँडेलले सत्ता साझेदार दल माओवादी केन्द्रको समर्थन लिएर मुख्यमन्त्री पदका लागि दाबी पेस गर्नुहुने एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईँले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top