ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माद्वारा मुख्यमन्त्री पदबाट राजिनामा घोषणा

नेपालगाथा २०८० चैत्र २१ गते बुधबार १६:५५:२३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत नलिई राजीनामा दिने घोषणा गरेका छन् । कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा घोषणा गरेका हुन् । प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । सम्बोधनका क्रममा उनले आफूले गरेका कामहरुको बारे चर्चा गरेका थिए ।

केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेका हुन्। 

अब केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेका संसदीय दलका  नेता यामलाल कंडेल मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top