होमपेज / राजनीति
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पदबाट राजीनामा दिने भएका छन् । उनले बिहान ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा बुझाउने भएका छन् ।
सरकारकी प्रवक्ता एवम् ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले मुख्यमन्त्रीले राजीनामा दिने जानकारी गराइन् ।
राजीनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद बैठक बसालेका थिए । बैठकमा उनले पछिल्लो राजनिति अवस्थाबारे जानकारी गराउँदै आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।