ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिन केन्द्रको निर्देशन

नेपालगाथा २०८० चैत्र २० गते मंगलबार १५:२२:३४ मा प्रकाशित

काठमाडौं । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेलाई दिन नेकपा माओवादी केन्द्रले प्रदेश पार्टीलाई निर्देशन दिएको छ । सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार कर्णालीको नेतृत्व एमालेलाई समर्थन गर्न माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको हो।

कर्णालीमा एमालेले मुख्यमन्त्री दाबी गरेपछि माओवादीभित्रै मतभेद बढेको छ । गत बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेलाई नछाड्न प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई दबाब दिएका थिए ।


एमालेले कर्णालीबाहेक कोशी, गण्डकीमा पनि सरकारको नेतृत्व गर्नेछ।  मधेसमा जसपा र सुदूरपश्चिममा नागरिक उन्मुक्तिले नेतृत्व पाउनेगरी गठबन्धनमा निर्णय भएको एक एमाले नेताले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top