होमपेज / राजनीति
काठमाडौं। नेपाल‘ए’ ले आयरल्याण्ड एलाई ३ रनले हराउदै जित हात पारेको छ । नेपाल ‘ए’ ले आयरल्याण्ड एलाई ३ रनले हराएकाे हो ।
२१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट क्षतिमा २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए ।
पहिलेकाे खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट क्षतिमा २१३ रन बनाएको थियो।