ट्रेण्डिङ

होमपेज / राजनीति

नागरिक उन्मुक्ति पार्टीको बैठकमा दुइ पक्षबीच कुटाकुट

नेपालगाथा २०८० चैत्र १९ गते सोमबार १२:१६:४३ मा प्रकाशित

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुट भएको  बताएकाे छ । टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको बताइएको छ । उनीहरू दुवैजना रन्जिता पक्षका हुन् ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि  पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top