होमपेज / राजनीति
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चैत २० गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शर्माले चैत २० गते विश्वासको मत लिने भनेर प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको मुख्यमन्त्री शर्माका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिए ।
कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद चाहिन्छ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना रहेका छन् । भने नेपाली कांग्रेसका १५ जना र राप्रपाका एक सांसद छन् ।