ट्रेण्डिङ

होमपेज / राजनीति

हामी जित्छौं - ओली

नेपालगाथा २०८० चैत्र १७ गते शनिबार १७:५१:४८ मा प्रकाशित

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गते हुने उपनिर्वाचनमा एमाले पार्टीले जित्ने बताएका छन् । अध्यक्ष ओलीले प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले  उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने बताएका हुन् ।

ओलीले भने, 'विगतमा विभिन्न कारणले र एउटा महत्वपूर्ण कारण हाम्रा विरुद्धको अत्यन्तै खतरनाक गठबन्धनमा हामी एकातिर अरु सबै एकातिर भएको अवस्थामा हामीले सामना गर्नुपरेको थियो। पराजयको पीडा व्यहोर्नुपरेको थियो। यसपल्ट हामी त्यस पीडालाई सुखद् परिणामतर्फ रुपान्तरित गर्न चाहन्छौं। परिवर्तन गर्न चाहन्छौं। यसपटक हामी हार्दैनौं। हामी जित्छौं।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top