ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

नेपालगाथा २०८० चैत्र १२ गते सोमबार ११:२०:५७ मा प्रकाशित

सुर्खेत ।  एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । आइतबार नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी अमृतकुमार विसीलाई हराउँदै देवकोटा अध्यक्ष बनेका हुन् ।

अध्यक्षमा निर्वाचित देवकोटाले ३५१ मत ल्याए भने उनका प्रतिस्पर्धी विसीले १३२ मत ल्याए । उपाध्यक्षमा मोहन सिंह बडुवाल, सचिवमा डम्बरप्रसाद तिवारी र उपसचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा एमाले सुर्खेतले जनाएको छ । 

महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् ।

सदस्य पदको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top